PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

यू १९ क्रिकेट दोस्रो अभ्यास खेलमा नेपाली टोली पराजित



पहिलोपोस्ट

यू १९ क्रिकेट दोस्रो अभ्यास खेलमा नेपाली टोली पराजित

काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ टिमले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ।

शुक्रवार भएको अभ्यास खेलमा नेपाल आन्द्र प्रदेशसँग ७२ रनले पराजित भएको हो। आन्दरे प्रदेशले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल ४५.२ ओभरमा २१७ रनमै अलआउट भयो।

नेपालका लागि पवन सरार्फले सर्वाधिक ३५ रन बनाए भने रसिद खानले नटआउट ३४ रन जोडे।

यस्तै कुशल मल्लले ३०, आसिफ शेखले २५, अभिषेक बस्नेतले २३, रित गौतम २१ र लोकेश बमले १६ रन जोडे।

आन्द्रे प्रदेशका हेमान्थ रिडीले ४ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९.३ ओभलमा सबै विकेट गुमाएर २८९ रन बनाएको थियो ।

आन्द्र प्रदेशका लागि पि तपस्वीले ११६ रन बनाए। नेपालका लागि सूर्य तामाङले ३ विकेट लिए।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले विजयी भएको थियो।

नेपाल र आन्द्र प्रदेशबीच अब एक अभ्यास खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell