PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाकिस्तानको राष्ट्रिय दिवसमा 'समृद्ध नेपाल सुखी नेपाली'को नारा

पाकिस्तानको राष्ट्रिय दिवसमा 'समृद्ध नेपाल सुखी नेपाली'को नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भए। 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गरेको समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्व मन्त्री, नेपाल सरकार वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका पाकिस्तानी नागरिकहरूको उपस्थिति थियो। 

त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत मजहरले पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको र द्विपक्षीय सम्बन्ध सधैँ सुमधुर एवं प्रगाढ रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको नेपाललाई शुभकामना व्यक्त गरे। 

'हामी चाहन्छौँ समृद्ध नेपाल सुखी नेपाली होस। हामी चाहन्छौँ समृद्ध पाकिस्तान र सुखी पाकिस्तानी पनि। यस क्षेत्रको समृद्धि हाम्रो चाहना हो।



ट्रेन्डिङ पोस्ट

Ncell