PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइपीएल : दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेनन् सन्दीप लामिछाने, कमेन्टेटरले भने 'सरप्राइज'



पहिलोपोस्ट

आइपीएल : दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेनन् सन्दीप लामिछाने, कमेन्टेटरले भने 'सरप्राइज'

विश्वभर टी २० फ्रेन्चाइज लिग क्रिकेट खेलेर चर्चा कमाएका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सको पहिलो रोजाईँमा पर्न सकेनन्।

हिजो देखि भारतमा सुरु भएको आइपीएलको १२औँ संस्करणमा अन्तर्गत आज दिल्लीले मुम्बई इन्डियन्ससँग खेलिरहेको छ।

तर चार खेलाडीको विदेशी कोटा रहने प्लेइङ ११ मा गुग्ली ब्वाए सन्दीप भने अटाएनन्। यस्तै भेट्रान स्पिनर अमित मिश्रा पनि पहिलो रोजाईमा परेनन्।

दिल्लीले चार विदेशीमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र फास्ट बलर खगिसो रवाडा अनी किमो पल र अर्का फास्ट बलर ट्रेन्ट बोल्टलाई पहिलो रोजाईँमा राखेको हो।

गत सिजनबाट आइपीएलमा डेब्यु गरेका सन्दीपले त्यसयता विश्वका लगभग सबै लिग खेलिसके। सन्दीपले अष्ट्रेलियन बिग बास लिग समेत खेलिसके। जहाँ उनको ६म मेलवर्न स्टार्स उपविजेता बनेको थियो।

गत सिजन दिल्लीका लागि सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए।

यस पटक सन्दीप पहिलो खेलमै पहिलो रोजाईँ पर्ने अनुमान क्रिकेट विश्लेषकहरुले समेत गरेका थिए। आइपीएल कमेन्टेटरहरुले पनि सन्दीप पहिलो रोजाईँमा नपर्नुलाई आश्चर्य मानेका छन्।

सन्दीपले आइपीएलका लागि दिल्ली उड्नुअघि आफू टिममा पर्नु/नपर्नु भन्दा पनि टिमको जित महत्वपूर्ण रहेको र दिल्लीलाई उपाधि जिताउनको लागि मद्दत गर्न तयार रहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell