PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

नेपालका प्रशिक्षक र कप्तान भन्छन्, कुवेतलाई दोस्रो खेलमा पनि रोक्छौँ



पहिलोपोस्ट

नेपालका प्रशिक्षक र कप्तान भन्छन्, कुवेतलाई दोस्रो खेलमा पनि रोक्छौँ
PHOTO : NSJF

काठमाडौं : कुवेत भ्रमणमा रहेको नेपालको राष्ट्रिय फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। कुवेतलाई उसैको मैदानमा पहिलो खेलमा बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ।

नेपालका प्रशिक्षक योहान कलिन र कप्तान विराट महर्जनले पहिलो खेलको लयलाई निरन्तरता दिँदै दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने बताएका छन्।

दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत गएको नेपालले आज राती नेपाली समयअनुसार ९:१५ मा घरेलु टोलीसँग खेल्दैछ।

प्रशिक्षक कलिनले पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिने बताए। 'हामी पहिलो खेलको प्रदर्शनलाई नै निरन्तरता दिनका लागि मैदानमा उत्रने छौं। कुवेत हामीविरुद्ध आक्रामक अबस्थामा रहने छ, त्यसैले हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो।' प्रशिक्षक कलिनले भने, अघिल्लो खेलमा जस्तै संयमित भएर प्रदर्शन गर्ने छौं हाम्रो लक्ष्य कम्तीमा बराबरी खेल्ने हो।'

उनले पहिलो खेलपछि आत्मविश्वास बढेको र सकारात्मक नतिजाको आशा रहेको बताए। 'टिममा धेरै बदलाव हुने छैन। खेलाडीले मिहेनत गरेका छन्। पहिलो खेलले आत्माविश्वास बढेको छ। जसले गर्दा दोस्रो खेलमा पनि सकरात्मक नतिजा आउनेमा म विश्वस्त छु।'

यस्तै कप्तान विराज महर्जनले पहिलो खेलपछि आफुहरु कमजोर टोली नरहेको कुवेतलाई देखाइसकेको र दोस्रो खेलमा पनि कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने बताए।

'कुवेत हामी भन्दा बलियो टिम हो तर उसलाई हामीपनि कम होइनौं भन्ने कुरा देखाएका छौं। दोस्रो खेलमा पनि हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं। सबै खेलाडीहरुले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छन्। पहिलो खेलमा कुवेतलाई बराबरीमा रोकेकाले सोहि लयलाई निरन्तरता दिनकै लागि हामी मैदानमा उत्रने छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell