
खेलको अन्तिम समयमा निक सोल्जले गोल गरेपछि युरो २०२० क्वालिफायरमा जर्मनीले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ।
क्वालिफायरको समूह सी अन्तर्गत आम्सटरडढममा भएको खेलमा जर्मनीले डचलाई ३-२ ले पराजित गर्दै ३ अंक जोडेको हो।
लरेय साने र सर्जि नाब्रीले गोल गर्दै जर्मनीलाई ३४ मिनेट भित्र २-० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमै नेदरल्याण्ड्सले गोल फर्कायो र ६३औँ मिनेटमा खेल बराबरीको अवस्थामा पुर्यायो। ४८औँ मिनेटमा माथिस डे लिट र ६३औँ मिनेटमा मेम्फिस डिपाएले गोल गरेका थिए।
निर्धारित समयमको अन्तिम मिनेटमा सोल्जले टोनी क्रुसको पासमा गोल गर्दै जर्मनीलाई जित दिलाए।
गत नोभेम्वरमा नेदरल्याण्ड्सले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै जर्मनीसँग बराबरी खेलेको थियो। उक्त बराबरीपछि जर्मनील नेशन्स लिगको समूह ए बाट रेलिगेट भएको थियो।
समूह सी कै अर्को खेलमा उत्तर आयरल्याण्डले बेलारुसलाई २-१ ले पराजित गरेको छ। लगातार दुई जितपछि ६ अंक जोडेको उत्तर आयरल्याण्ड समूहको शीर्ष स्थानमा छ। एक खेलबाट ३ अंकसहित जर्मनी दोस्रो र २ खेलबाट ३ अंक रहेको नदरल्याण्ड्स तेस्रो स्थानमा छ।
विश्वकप उपविजेता क्रोएसिया पराजित
क्वालिफायरअन्तर्गत नै विश्वकप उपविजेता क्रोएसिया भने हंगेरीसँग सत्ब्ध भएको छ। समूह इ को खेलमा लुका मोडरिचको क्रोएसियालाई हंगेरीले २-१ ले पराजित गरेको हो।
क्रोएसियाले खेलको १३औँ मिनेटमै एन्टे रेविकको गोल मार्फत पहिले अग्रता लिएपनि घरेलु मैदानमा हंगेरीले कमब्याक गर्दै दुई गोल फर्कायो।
हंगेरीलाई ३ अंक दिलाउन एडाम सलाईले ३४औँ र मेट पातकाईले ७६औँ मिनेटमा गोल गरे।
यसै समूहको अर्को खेलमा वेल्सले स्लोभाकियालाई १-० ले पराजित गरेको छ। खेलको पाँचौ मिनेटमै ड्यानिएल जोन्सले गरेको गोल वेल्सलाई जिताउन निर्णायक बन्यो।
क्रोएसिया, हंगेरी र स्लोभाकियाले २-२ खेल खेलिसक्कदा समान एक जित र एक हारको नतिजा निकालेका छन्। वेल्सले भने एक खेल मात्र खेलेको छ। चार वटै टोलीको समान ३ अंक छ। गोलअन्तरमा स्लोभाकिया शीर्ष स्थामा छ।
बेल्जियमको लगातार दोस्रो जित
समूह आईमा बेल्जियमले लगातार दोस्रो जित हात पारेको छ। बेल्जियमले साइप्रसलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। रेड डेभिल्सका लागि कप्तान एडेन हाजार्ड र मिची बातुसुईले गोल गरे।
लगातार दुई जितपछि समूह्य ई मा ६ अंकका साथ बेल्जियम पहिलो स्थानमा छ। यस्तै रसियाले कजाखस्तानलाई ४-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ। पहिलो खेलमा रसिया बेल्जियमसँग ३-१ ले पराजित भएको थियो। रसियाको फराकिलो जितमा डेनिस चेरिसेभले २ तथा अर्टेम जुवाले १ गोल गरे। रसियाले एक आत्मघाती गोल उपहार पाएको थियो।
यस्तै यसै समूहको अर्को खेलमा स्कटल्याण्डले सानमारिनोलाई २-० ले पराजित गरेको छ।
पोल्याण्डको लगातार दोस्रो जित
समूह जी मा पोल्याण्डले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ।
रोवर्ट लेवान्डास्की र कमिल गिलिकले अन्तिम १४ मिनेटमा गोल गरेपछि पोल्याण्डले लात्भियालाई २-० ले पराजित गरेको हो। यसै समूहमा इजरायलले अष्ट्रियालाई ४-२ ले पराजित गर्दा स्लोभेनिया र नर्थ मेसोडोनियाले १-१ को बराबरी खेलेका छन्।