काठमाडौं: पुनर्निमाण प्राविधिकहरुले आफूहरुले खाईपाई आएको भत्ता खोसेको भन्दै प्रदर्शन गरेका छन्। राष्ट्रिय पुनर्निमाण प्राधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आयोजनामा गरिएको दबाव र्यालीमा सहभागी उनीहरु ललितपुरको हरिहरभवनबाट नयाँ बानेश्वरसम्म पुगेका थिए।
माइतीघर पुगेर सभामा परिणत भएका उनीहरुले इन्जिनियर र प्राविधिकहरु सुविधा कटौतिको तीब्र विरोध गर्दै बीमा, सुरक्षा र स्थायित्वको मागसमेत गरे।