PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फिल्मको लागि तीन महिना टुङ्गना ट्रेनिङ लिएकी मालिका महतको डेब्यू कस्तो रहला?



पहिलोपोस्ट

फिल्मको लागि तीन महिना टुङ्गना ट्रेनिङ लिएकी मालिका महतको डेब्यू कस्तो रहला?

काठमाडौं: मालिका महतलाई उनको इन्स्टाको फोटो हेरेपछि 'यात्रा अ म्यूजिकल भ्लग'ले फिल्मका लागि छनौट गरेको थियो। उनको यो डेब्यू फिल्म हो।

फिल्ममा उनले अभिनेता सलिनमान बनियाँसँग स्क्रिन सेयर गरेकी छिन्। फिल्ममा उनी आँखा देख्न नसक्ने एक टुङ्गना बजाउने युवतीको भूमिकामा देखिँदैछिन्। फिल्ममा उनले वास्तविक टुङ्गना बजाएकी छिन्। फिल्मका लागि उनले तीन महिना प्रशिक्षकसँग टुङ्गना सिकेकी थिइन्।

फिल्मका निर्माता एवं नवनियुक्त विकास बोर्ड अध्यक्ष केशव भट्टराईले भने 'तीन महिना प्रशिक्षकसँग मालिकाले टुङ्गना बजाउन सिकेकी थिइन्। उनले फिल्ममा रियल टुङ्गना बजाएकी छिन्।'

डेब्यू फिल्मबाट उनी आशावादी छिन्। कस्तो रहला त मालिकाको डेब्यू? 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell