PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारतमा नेपाली युवा क्रिकेट टोलीको दोस्रो जित : कमल, पवन र रोहितको उत्कृष्ट प्रदर्शन



पहिलोपोस्ट

भारतमा नेपाली युवा क्रिकेट टोलीको दोस्रो जित : कमल, पवन र रोहितको उत्कृष्ट प्रदर्शन

काठमाडौँ : मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ।

सोमबार भएको तेस्रो अभ्यास खेलमा नेपाल यू-१९ टिमले भारतको आन्द्रा प्रदेश यू-१९ टिमलाई १ विकेटले पराजित गरेको छ। यसअघि नेपालले पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा हार बेहोरेको थियो।

नेपाललाई दोस्रो जित दिलाउन बलिङमा कमल सिंह ऐरी र ब्याटिङमा रोहित कुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे। यस्तै पवन सर्राफले अलराउण्ड प्रदर्शन गरे।

कमलले ४ र पवनले ३ विकेटलिएपछि नेपालले आन्द्रा प्रदेशलाई ४९.२ ओभरमा २२७ रनमा अलआउट गरेको थियो।

कप्तान रोहितले अर्धशतक बनाएपछि नेपालले आन्द्रा प्रदेशले दिएको २२८ रनको लक्ष्य ४७.३ ओभरमा ९ विकेट गुमाएर २३० रन बनाउँदै पूरा गरेको हो।

नेपालको लागि रोहितले सर्वाधिक ७१ रन बनाए भने भिम शार्कीले ४९ र पवन सर्राफले ३० रन जोडे। यस्तै सन्दिप जोराले १९ र कुशल मल्लले १३ रन जोडे।

आन्द्र प्रदेशका लागि बि योगान्नदनले सर्वाधिक ५९ रन बनाए भने नितेश कुमारले ५१ रन जोडे। यस्तै पि सुब्रमन्यमले ४५ तथा  राम प्रसादे २५ रन बनाए।

कमल सिंह ऐरीले ९.१ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए। १० ओभर बलिङ गरेका पवन सर्राफले ३८ रन खर्चेर ३ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell