PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रतिबन्धित नेकपाका भेरीकर्णाली इन्चार्ज धनराज शाही पक्राउ



पी बी खड्का

प्रतिबन्धित नेकपाका भेरीकर्णाली इन्चार्ज धनराज शाही पक्राउ

सुर्खेत: प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द (विप्लव)का भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई कालिकोट प्रहरीले पक्राउ गरेको छ। सोमबार कालिकोट प्रहरीले जुबिया–८ मोल्पा राताडाबाडबाट पक्राउ गरेको डिएसपी विनोद शर्माले जानकारी दिए।
 
उनी विप्लव नेकपाले गठन गरेको जनसरकार प्रमुख समेत हुन्। पक्राउ परेका शाहीले प्रहरीको गस्तीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम विस्फोट गर्ने लगाएतका योजनाकार रहेको प्रहरीको दाबी छ।

‘कोलिकोटकै जुबिया–८ मोल्पा राताडाबाडबाट विप्लव समूहका भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेका हौँ।’ डिएसपी शर्माले भने,‘उनको साथबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड एक थान, आइइडी माइत एक थान, बारुद एक किलो, डेडकर्ड तीन मिटर सहित पक्राउ गरेका छौँ।’ 

फेरि थपे,‘प्रारम्भिक अनुसन्धानपछि के के मुद्दा आकर्षित हुन्छ त्यही अनुसार भोली अदालत लैजान्छौँ।’

डीएसपी शर्माका अनुसार पक्राउ परेका शाहीलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारवाही हुने बताए।
 
प्रहरीका अनुसार शाही कर्णालीका दश जिल्लामा संगठन विस्तार गर्ने, चन्दा आतंकमा महत्वपूर्ण भुमिका खेल्ने, बम बिस्फोटको योजना बनाउने लगाएतका कार्यमा सक्रिय रहेको बुझिएको छ।
  
सरकारले गत फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएसंगै प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ तीव्र पारेको छ।  प्रहरीले विप्लवमाथि निगरानी बढाएसंगै जिल्ला सैन्य सह–इन्चार्ज रमेश जँदारा सुनारले आत्मसमर्पण गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell