PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कुशल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाल ९ रनले विजयी



पहिलोपोस्ट

कुशल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाल ९ रनले विजयी

काठमाडौँ : कुशल मल्लले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारत भ्रमणमा रहेको नेपालको यू-१९ क्रिकेट टोलीले तेस्रो जित हात पारेको छ।

मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले चौथो अभ्यास खेलमा भारतको आन्द्र प्रदेश यू-१९ टोलीलाई ९ रनले पराजित गरेको छ। नेपालको लागि कुशलले ब्याटिङमा सर्वाधि ४८ रन बनाए भने बलिङमा २ विकेट लिए।

यसअघि नेपालले पहिलो र तेस्रो अभ्यास खेल जितेको थियो भने दोस्रो खेलमा हार बेहोरेको थियो।

कुशल मल्ल र रसिद खानले नवौँ विकेटका लागि ६७ रनको साझेदारी गरेपछि नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो। १३३ रन हादा ८ विकेट गुमाएको अवस्थामा कुशल र रसिदले नेपालको इनिङ्स सम्हालेका थिए।

कुशलले ५७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए। रसिदले ४० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ४१ रन जोडे।

यस्तै पवन सर्राफले ३२ र कप्तान रोहित कुमार पौडेलले २२ रन बनाए।

आन्द्र प्रदेशक भि कार्तिक रेडी, एम मादव र जे दर्गा कुमारले २-२ विकेट लिए।

२२२ रनको लक्ष्य पछ्याएको आन्द्रा प्रदेश टोली ४९.४ ओभरमा २१२ रनमा अलआउट भयो। ओपनर नितेश कुमारले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ७४ रन बनाएपनि टिमलाई जिताउन सकेनन्। उनले ८१ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै हर्शबर्धनले ३६ र जे दुर्गा कुमारले २५ रन जोडे।

नेपालको लागि कुशलसँगै पवन सर्राफ र भिम शार्कीले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell