PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

अफगानिस्तानसँग पनि नेपाल पराजित, तीन वटै खेलमा गोल गर्न सकेन



पहिलोपोस्ट

अफगानिस्तानसँग पनि नेपाल पराजित, तीन वटै खेलमा गोल गर्न सकेन

काठमाडौं : कतारमा भएको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको अन्तिम खेलमा नेपाल अफगानिस्तानसंग पराजित भएको छ। मंगलवार राती भएको खेलमा अफगानिस्तानले नेपाललाई २-० ले पराजित गर्दै सान्त्वना जित हात पारेको हो।

यसअघिका दुवै खेल हारिसकेका नेपाल र अफगानिस्तानलाई अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने अवसर थियो। त्यसमा अफगानिस्तान सफल हुँदा नेपालले क्वालिफायर भर नै गोल गर्न सकेन।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टर, एस्पायर ५ मैदानमा भएको खेलमा  अफगानिस्तानलाई जित दिलाउन सोलोमोन साह र अहमेद ओम्रानले पहिलो हाफमै गोल गरेका थिए।

अफगानिस्तानसँग हारपछि नेपालले तीन वटै खेल हार्‍यो र कूल ८ गोल खायो। जितविहन बनेको नेपाल गोलविहिन समेत बन्यो। नेपाल ओमानसँग १-० र कतारसँग ५-० ले पराजित भएको थियो।

अफगानिस्तानले भने ३ अंक जोड्दै तेस्रो स्थान हात पार्‍यो।

मंगलवारै भएको अर्को खेलमा ओमानसँग २-२ गोलको बराबरी खलेको कतार यस समूहबाट शीर्ष स्थानमा रहँदै २०२० मा थाइल्याण्डमा हुने अन्तिम चरणको च्याम्पियनसिपको लागि छनोट भएको हो। कतार र ओमानको समान ७ अंक भएपनि गोलअन्तरमा कतार अगाडि रहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell