PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइपीएल : चेन्नाईको लगातार दोस्रो जित



पहिलोपोस्ट

आइपीएल : चेन्नाईको लगातार दोस्रो जित

काठमाडौं : डिफेण्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को १२औँ संस्करणमा लगातार दोस्रो जित हात पारेको छ।

मंगलवार भएको खेलमा ड्वाने ब्राभोको उत्कृष्ट बलिङ र शेन वाट्सनको उत्कृष्ट ब्याटिङ मद्दतमा चेन्नाईले दिल्ली क्यापिट्लसलाई ६ विकेटले पराजित गरेको हो।

चेन्नाईले यसअघि रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको थियो। उता मुम्बई इन्डियन्सलाई पहिलो खेलमा उसैको मैदानमा पराजित गरेको दिल्ली दोस्रो खेलमा भने घरेलु मैदानमै पराजित भएको हो। नेपाली लेगस्पिनर सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा दिल्ली बेन्चमै रहेका थिए।

दुवै टोलीले विदेशी खेलाडीको कोटामा ३-३ खेलाडी मात्र खलाएका थिए। चार खेलाडी एक पटकमा खेलाउन पाउने नियम भएपनि एक खेल कम खेलाएका हुन्।

फिरोज शाह कोट्ला स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नाईले २ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो। चेन्नाईका शेन वाट्सनले सर्वाधिक ४४ रन बनाउँदा सुरेश रैनाले ३० तथा केदार जादबले २७ रन जोडे। यस्तै कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३२ रन बनाए  

दिल्लीका लागि यस सिजन पहिलो खेल खेलेका अमित मिश्राले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

दिल्लीका लागि ओपनर शिखर धवनले अर्धशतक बनाए। उनले सर्वाधिक ५१ रन बनाएका थिए। यस्तै रिसभ पन्तले २५ तथा पृथ्वी श ले २४ रन जोडे।

दिल्लीलाई मध्यम सकोरमा रोक्न चेन्नाईका ड्वाने ब्राभोले ३ विकेट लिए। आप्नो पहिलो ओभरमा १७ रन खर्चिएका ब्राभोले अर्को ओभरमा कोलिन इनग्राम र रिसभ पन्त जस्ता खेलाडिको विकेट लिएका थिए। ब्राभोले बाँकी ३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिएका हुन्। उनले समग्रमा ४ ओभरमा ३३ रन खर्चे।

लगातार दोस्रो जितपछि चेन्नाई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ।

आइपीएल अन्तर्गत आज कोलकता नाइट राइडर्स र किंग्स एलेभेन पञ्जावबीच खेल हुनेछ। दुवैले आ-आफ्नो पहिलो खेल जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell