PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

युरो क्वालिफायर : इटलीको फराकिलो जित, स्पेनको जितमा मोराटाको दुई गोल



पहिलोपोस्ट

युरो क्वालिफायर : इटलीको फराकिलो जित, स्पेनको जितमा मोराटाको दुई गोल

युरो २०२० क्वालिफायर अन्तर्गत गएराती भएको खेलमा इटलीले लिचेस्टाइनमाथि फराकिलो जित हात पारेको छ।

समूह जे अन्तर्गत भएको खेलमा इटलीले दश खेलाडीमा झरेको लिचेस्टाइनलाई ६-० ले पराजित गरेको हो। इटलीका लागि फावियो क्वाग्रिरेलाले दुई गोल गरे भने स्टेपानो सेन्सी, मार्को भेराट्टी, मोइस केन र लियोनार्दो पाभोलेट्टीले एक-एक गोल गरे। पहिलो हाफको अन्तिममा लिचेस्टाइनका डानिएल कुफमानले रातो कार्ड खाएका थिए।

लगातार दुई जितपछि इटली ६ अकसहित समूह जे को पहिलो स्थानमा छ।

यस्तै अल्भारो मोराटाको दुई गोल मद्दतमा स्पेनले माल्दालाई २-० ले पराजित गरेको छ।

 लगातार दोस्रो जितपछि स्पेन ६ अंक जोड्दै समूह एफको पहिलो स्थानमा छ।

यस्तै समूह डी को खेलमा आइरल्याण्डले जर्जियालाई १-० ले पराजित गरेको छ। लगातार दवस्रो जितपछि आयरल्याण्ड पनि ६ अंक जोड्दै आफ्नो समूह्यको शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell