PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

भत्ताको माग राख्दै आन्दोलित पुनर्निर्माणका प्राविधिकसँग तीन बुँदे सहमति, आजदेखि नियमित काममा फर्कने



पहिलोपोस्ट

भत्ताको माग राख्दै आन्दोलित पुनर्निर्माणका प्राविधिकसँग तीन बुँदे सहमति, आजदेखि नियमित काममा फर्कने

काठमाडौँः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पुनःनिर्माणमा खटिएका प्राविधिक आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन्।

नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमतिअनुसार पुनःनिर्माणमा खटिएका इञ्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वले प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने सहमति गरिएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमतिअनुसार प्राविधिकहरुलाई प्रोत्साहन भत्तालगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद्बाट निर्णय आउने विश्वास व्यक्त गरे।

यही चैत १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्तालगायतका सुविधा उपलब्ध गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो। एशोसियशन र हकहित समितिबीच तीन बुँदे सहमति भएको थियो ।

प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरे बापतको भत्ता एवं दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने लगायतमा माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell