PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पारदर्शी पहिरनमा फोटोसुटपछि बन्यो सोनाक्षी सिन्हा को ट्रोल



पहिलोपोस्ट

पारदर्शी पहिरनमा फोटोसुटपछि बन्यो सोनाक्षी सिन्हा को ट्रोल

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्रोलको सिकार भएकी  छिन्। उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको फोटोका कारण विवादमा तानिएकी हुन्।

सार्वजनिक गरिएको तस्वीरमा उनले रातो रंगको गाउन पहिरेकी छिन्। गाउन पारदर्शी देखिन्छ। अश्लिलता देखाउने कपडा पहिरेको भन्दै उनका तस्वीरको ट्रोल बन्न थालेको हो।

उक्त पहिरनले भारतीय सँस्कृतिमा विकृती ल्याएको आरोप पनि उनीमाथि लगाइएको छ। 

आफ्नो ट्रोल बनेपछि उनले हालै भनेकी थिइन् 'सँस्कृति जोगाउने सबै इन्स्टाग्राममा मात्रै भेटिन्छ। विदेशी अभिनेत्रीले लगाएको विकिनी तस्वीर हेरेर फलो गर्ने पनि उनीहरु नै हुन्।'

उनको गाउनबाट भित्री स्किन देखिएको भन्ने चर्चाहरु भए। तर, उनले भने कपडाबाट कुनै भित्री अङ्ग नदेखिने दाबी गरिन्।

'यो स्किनी ड्रेस नै हो। तर मेरो भित्रको छाला भने होइन, यो भ्रम मात्र हो,' उनले भनिन् 'म त्यस्तो किसिमको लुगा लगाउँदिन जसले अप्ठ्यारो पारोस्। त्यस्तो तस्वीर म किन राख्थें र इन्स्टामा।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell