PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ



अनन्तराज न्यौपाने

विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ

विराटनगर : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ परेका छन्। सुन्दर हरैचा नगरपालिकाको गोठगाउँबाट आज राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीले कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई पक्राउ गरिएको पुष्टि गरे। पछिल्लो समय मोरङमा व्यवसायीहरुसँग विप्लव समूहले चन्दा उठाउनेक्रम तीब्र बनाउँदै आएको छ। सतहमा नदेखिए पनि भित्रभित्रै यो समूहको परिचालन तीब्र रुपमा हुँदै आएको छ।
प्रहरीले प्रज्वल पक्राउ परेको बताए पनि नेपाल कम्युनिस्ट पार्टीले भने अरु १० जना पनि समातिएको दाबी गरेको छ। समातिएका १० जनालाई पक्राउ गरी बेपत्ता पारिएको उनीहरुको दाबी छ।

पक्राउ परेका प्रज्वललाई अनुसन्धानका लागि धरान लगिएको छ। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि हरेक दिन नेता तथा कार्यकर्ता पक्राउ पर्नेक्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell