PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

मोदीको अप्रत्यासित सम्बोधन : निर्वाचन आचारसंहिता लागू भएपछि ध्यान खिच्न स्याटेलाइटको फूर्ती



पहिलोपोस्ट

मोदीको अप्रत्यासित सम्बोधन : निर्वाचन आचारसंहिता लागू भएपछि ध्यान खिच्न स्याटेलाइटको फूर्ती

आज साढे ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै महत्वपूर्ण सन्देश लिएर आउने बताए। 

लोकसभा निर्वाचनको संघारमा रहेको भारतमा निर्वाचन आचार संहिता लागू भएपछि मोदीले यस्तो अवस्थामा के घोषणा गर्ने हुन् भन्ने बारे चर्चा सुरु भयो। 

भारतीय मिडियाले मोदीले राष्ट्रिय सुरक्षाबारे बोल्ने आंकलन गरे। ११:४५ देखि १२ बजेसम्म लाइभ सम्बोधनमा आउने भनेका मोदीले अझै आधा घन्टा कुराए। 

त्यो अवधिमा मोदीको ट्वीटकै महिमा मिडियाले गाइरहे। पाकिस्तानको बालकोटमा आक्रमण गरेको प्रमाण समेत दिने बताउनसमेत उनीहरु पछि परेनन्। 

तर, जब मोदीले सम्बोधन गरे मिडियाको प्रचारबाजी फेल खायो। मिडियासामु 'हात्ती आयो हात्ती आयो फुस्स' भने झै भयो। 

मोदीले भारतले आफ्नो नाम 'इलाइट स्वेस पावर'मा नाम दर्ज गर्न सफल भएको बताए। अमेरिका, रसिया र चीनपछि मात्रै भारतले यो सफलता हासिल गरेको भन्दै भारत अन्तरिक्ष शक्ति बनेको उनले दाबी गरे। 

अन्तरिक्षले मानिसहरुको जीवनशैलीमा प्रभावित गर्ने भन्दै मोदीले भारतीय वैज्ञानिकहरुले लो अर्थ अर्विटमा एन्टी स्याटेलाइट हतियार ए-स्याट स्याटेलाइट स्थापित गर्न सफल रहेको बताए। यस्तै उनले ए-स्याट स्याटेलाइटले अन्तरिक्षमा रहेको एक लाइभ स्याटेलाइटलाई ध्वस्त गरेको दाबी गरे। 

तर, मोदीले कसको स्याटेलाइट ध्वस्त गरेका हुन् भन्नेबारे केही बताएनन्।

'मिसन शक्ति' नाम दिइएको सो अभियानबाट भारतवासीले गर्व गर्नुपर्ने बताउँदै उनले भारतको स्याटेलाइट प्रयोग गरिरहेका सबैलाई फाइदा पुग्ने मोदीले दाबी गरे। 

सम्बोधनका क्रममा मोदीले यो मिसाइल कसैको विरुद्ध नभएको बताउँदै विकासको पथमा अग्रसर भारतको नविनतम उपलब्धी भएको बताए।
चुनावका दिनहरु नजिकिँदै गर्दा मोदीले केही शक्तिशाली घोषणा गर्ने आंकलन बीच अन्तरिक्षमा पाएको उपलब्धीको बयानलाई विपक्षीहरुले भने 'हात्ती आयो हात्ती आयो फुस्स' को संज्ञा दिएका छन्। 

केही दिनअघि मात्रै कांग्रेस प्रवेश गरेका हार्दिक पटेलले मोदीले भाषण गर्दै गर्दा ट्वीट गर्दै कांग्रेसको शासनकालमा एटोमेटिक रिसर्च केन्द्र स्थापना भएको र अणुशक्ति मथक बनाएको सम्झाएका छन्। यस्तै कांग्रेस नेता अहमद पटेलले ए-स्याट स्याटेलाइटेको काम कांग्रेसकै पालामा सुरु भएको भन्दै मोदीले त्यसको क्रेडिट मात्रै लिन खोजेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell