PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

फिल्मबाट टाढा रहेकी अनु शाह म्यूजिक भिडियोतिर



पहिलोपोस्ट

फिल्मबाट टाढा रहेकी अनु शाह म्यूजिक भिडियोतिर

काठमाडौं: अभिनेत्री अनु शाह एक समय फिल्महरु गर्न व्यस्त थिइन्। अहिले ‍उनी फिल्महरुबाट टाढै देखिन्छिन्। अभिनेता सविन श्रेष्ठसँग प्रेम सम्बन्धका कारण कहिलेकाहीँ उनी मिडियामा छाइरहने गर्छिन्।

'गोरे', 'द्रव्य','लक्ष्य', 'बाजीगर', 'तलास' जस्ता फिल्महरुमा अभिनय गरिसकेकी अनुले म्यूजिक भिडियोलाई भने निरन्तरता दिइरहेकी छिन्। हालै उनी अभिनित 'बोतलको पानी' सार्वजनिक भएको छ।

गायक बादल श्रेष्ठले गाएको गीतको भिडियोमा अनुसँगै लिगेश भट्टराई फिचर्ड छन्। गीतमा विशाल निरौलाको शब्द तथा संगीत छ। मदन कश्यप घिमिरेले छायांकन गरेको भिडियोलाई लिगेश नै निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell