
भारतको लोकसेभा निर्वाचनमा बिहारको बेगुसरायबाट उम्मेदवार हुने तयारीमा रहेका विद्यार्थी नेता कन्हैया कुमारलाई बलिउड कलाकारले साथ दिन थालेका छन्।
दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व सभापतिसमेत रहेका भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया यसपटक बिहारबाट लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
यस क्षेत्रबाट नरेन्द्र मोदी क्याविनेटका उद्योगमन्त्री गिरिराज सिंह चुनावमा लड्दै छन्। मन्त्रीसँग चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका कन्हैयाको पक्षमा ट्वीटरमा 'कन्हैया फर बेगुसराय' ट्रेन्डिङमा छ। संसदको कुर्सीमा कन्हैया जस्तै युवाहरु हुनुपर्ने भन्दै उनको पक्षमा सांसद देखि वौद्धिक जमातहरुसमेत लागेका छन्।
अभिनेत्री स्वारा भाषकर, नन्दिता दास, फिल्मकर्मी राकेश शर्माले उनको पक्ष लिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा भाषकारको ट्वीट मेन्सन गर्दै स्वाराले कन्हैयाको पक्ष लिएकी छिन्। 'वीरे दि वेइडिङ' अभिनेत्री स्वाराले पछिल्लो समय ट्वीटरमा भाषकरकै समर्थनमा ट्वीट लेखिरहेकी हुन्छिन्।
Yay! #KanhaiyaKumar lands ticket 2 contest #LokSabha2019 Despite being subjected to a hysterical & inaccurate #GodiMedia trial Kanhaiyya has been steadfast in raising important issues that matter 2 democracy & people! V need more like Kanhaiyya in Parliament! #Kanhaiya4Begusarai
— Swara Bhasker (@ReallySwara) March 24, 2019
त्यस्तै राकेशले कन्हैयालाई भूमिपुत्रसमेत सम्बोधन गरेका छन्। उनले ट्वीटरमा लेखेका छन् 'संसदीय पदमा कन्हैयाले जित्नुपर्छ। उनी भूमिपुत्र हुन्, किसान परिवारका हुन्।'
Irrespective of who wins & forms the government, it’ll be great to have @kanhaiyakumar on the parliament benches, raising issues and asking tough questions.
— Rakesh Sharma (@rakeshfilm) March 24, 2019
True son of the soil, from a modest family of farmers & soldiers. Vocal, informed, rooted, committed.#Kanhaiya4Begusarai https://t.co/oJmBwt3wF5
त्यस्तै गुरमेहर कौरले लेखेकी छिन् 'यो समय संसदमा संवेदनशील अनि जवान कन्हैयालाई पुर्याउनु हो। म खुशी छु, कन्हैयाले यस बाटोमा छ।'
Absolutely thrilled that to know that @kanhaiyakumar will be contesting LS polls! It is about time we fill the parliament with sensible young and dynamic people and I’m glad Kanhiya is leading it! #kanhaiya4begusarai
— Gurmehar Kaur (@mehartweets) March 25, 2019
अभिनेत्री नन्दिता पनि कन्हैयलाई संसदमा देख्न चाहन्छिन्। कन्हैयाको पक्ष लिँदै ट्वीटरमा लख्छिन् 'मनोनयमा रहेका कन्हैयालाई जिताऔं। हामी उनलाई संसदमा देख्न चाहन्छौं।'
#kanhaiya4Begusarai Tweet to support his nomination. We need him in the Parliament. https://t.co/psiePHUjI5
— Nandita Das (@nanditadas) March 24, 2019