PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता



पहिलोपोस्ट

विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता

काठमाडौँः स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शन लगायतका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द्र नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ। चैत १६ गतेका लागि आह्वान गरिएको बन्द फिर्ता लिएको हो।

बन्दको समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी रहेको तथा कानून व्यवसायीहरुको निर्वाचन परेकाले बन्द फिर्ता लिइएको जनाइएको छ।

मंगलबार नेपाल बार एशोसिएसनले बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो।

महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा संघर्षका नयाँ कार्यक्रम चाँडै सार्वजनिक गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell