PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइपीएलमा कोलकताको लगातार दोस्रो जित : आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन, उथापा र रानाको अर्धशतक



पहिलोपोस्ट

आइपीएलमा कोलकताको लगातार दोस्रो जित : आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन, उथापा र रानाको अर्धशतक

काठमाडौँ : आन्द्रे रसेलको आक्रामक ब्याटिङसहितको अलराउण्ड प्रदर्शन, रोविन उथापा र नितिश रानाको अर्धशतक मद्दतमा कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ मा लगातार दोस्रो जित हात पारेको छ।

आइपीएल अन्तर्गत बुधबार भएको खेलमा कोलकताले किंस एलेभेन पञ्जावलाई २८ रनले पराजित गर्‍यो।

दोस्रो जितपछि कोलकताले साविक विजेता चेन्नाई सुपर किंग्स समान ४ अंक जोडेको छ।

घरेलु मैदानमा कोलकताले लगातार दोस्रो जित हात पार्दा रसेल र रानाले उत्कृष्ट प्रदर्शन गरे। रानाले लगातार दोस्रो अर्धशतक प्रहार गरे भने रसेलले आक्रमक ब्याटिङको नमुना पेश गरे। उथापाले नटआउट ६८ रन योगदान गरे।

उता पहिलो खेलमा राजस्थान रोएल्सलाई पराजित गरेको पञ्जावको यो पहिलो हार हो।

कोलकताले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट  विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

पञ्जावका लागि मायांक अग्रवाल र डेविड मिलरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। दोस्रो ओभरमै ओपनर लोकेश राहुललाई १ रनमा गुमाएको पञ्जावले अर्का ओपनर क्रिस गेललाई पाँचौ ओभरमा गुमाएको थियो। कोलकताका आन्द्रे रसेलले गेललाई प्रसिद कृष्णाबाट क्याचआउट गराएका थिए। त्यसपछि रसेलले नै सफ्राज खानलाई आठौँ विकेटका विकेटकिपर दिनेश कार्तिकबाट क्याचबउट गराएपछि पञ्जाव ६०-३ को अवस्थान पुग्यो।

त्यसपछि ब्याटिङ गर्न क्रिज पुगेका डेविड मिलर र अग्रवालले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै पञ्जावको इनिङ्स उकासे। अग्रवालले ३४ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए। उनलाई १६औँ ओभरमा पियुष चावलाले बोल्ड आउट गरे।

मिलरले पाँचौ विकेटका लागि मन्दिप सिंहसँग नटआउट ५६ रनको साझेदारी गरे। पञ्जावका लागि मिलरले नटआउट ५९ रन बनाए। उनले ४० बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। मन्दिपले १५ बलमा नटआउट ३३ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे।

कोलकताका रसेलले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। लकि फर्गुसन र पियुष चावलाले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो। ओपनर क्रिस लिन १० बलमा १० रन बनाएर आउट भएपनि उनीसँगै यस सिजन पहिलो पटक ओपनिङ गरेका सुनिल नारिनले ९ बलमा २४ रन बनाउदै गतिलो सुरुवात दिलाएका थिए। नारिनले १ चौका र ३ छक्का प्रहार गरे।

उथापाले नटआउट रहँदै सर्वाधिक ६७ रन बनाए। उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। यथापा र नितिश रानाले तेस्रो विकेटका लागि ११० रनको साझेदारी गरे।

पहिलो खेलमा क्रि सलिनसँग ओपनिङ गरेका रानाले लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ३४ बल खेल्दै २ चौका र ७ छक्काको मद्दतमा ६३ रन बनाए।

उता रसेलले लगातार दवस्रो खेलमा आक्रमक ब्याटिङ गरे। ५ बलमा ३ रन हुँदा बोल्ड भएपनि पञ्जावले फिल्ड रेस्ट्रिक्सन रुल ब्रेक गरेपछि रसेलले जीवनदान पाएका थिए।

त्यसपछि आक्रमक बनेका रसेलले अन्तिम ओभरमा आउट हुनुअघि १७ बल खेल्दै ३ चौका र ५ छक्काको मद्दतमा ४८ रन बनाए। लगातार दोस्रो पटक अर्धशतक नजिक पुगेर पनि रसेलले त्यो सफलता पनि हात पार्न सकेनन्। पहिलो खेलमा उनी ४९ रनमा नटआउट रहेका थिए।

पञ्जावका लागि यस सिजन पहिलो खेल खेलेका भिलजोएन, आन्द्रे त्ये, वरुण चक्रवर्तीले एक-एक विकेट हात पारे। मोहम्मद शामीले पनि १ विकेट लिए। कप्तान रविचन्द्रन आश्विनले महाँगा सावित भए। उनले ४ ओभरमा ४७ रन खर्चेपनि विकेट लिन सकेनन्। यस्तै एक ओभर बलिङ गरेका मन्दिप सिंहले १८ रन खर्चे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell