PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लगानी सम्मेलनका लागि फास्ट ट्रयाकमा पारित गरिएका तीन विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

लगानी सम्मेलनका लागि फास्ट ट्रयाकमा पारित गरिएका तीन विधेयक प्रमाणीकरण

काठमाडौँः आसन्न लगानी सम्मेलनका लागि आवश्यक मानिएका तीन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार संघीय संसद्का दुबै सदनबाट पारित भई पेस भएका विधेयक प्रमाणीकरण गरेकी हुन्।

संवैधानिक प्रावधान अनुसार संसदबाट पारित विधेयक प्रमाणीकरणपछि मात्र कार्यान्वयनको प्रक्रियामा जाने व्यवस्था छ। लगानी सम्मेलनका लागि भन्दै सदनबाट फास्ट ट्रयाकमा विधेयकहरु पारित गरिएका थिए।

राष्ट्रपतिले सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, र विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell