काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ। प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने भएका हुन्।
दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित हुने छैनन्। प्रचण्ड आज मात्र पत्नी सीता दाहालको उपचारपछि अमेरिकाबाट काठमाडौँ फर्किँदै छन्। उनी दिउँसो चार बजे मात्र फर्किने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
काठमाडौँको मीनभवनस्थित एक पार्टी प्यालेसमा १२ बजे शपथसहित प्रदेश कमिटीको विशेष बैठक बोलाइएको छ। कार्यक्रममा प्रचण्डलाई विशेष अतिथि बनाउने तय भए पनि उपस्थिति नहुने प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले जानकारी दिए।
२२१ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेका १ सय १८ जना र पूर्व माओवादी केन्द्रका १ सय ३ जना छन्।