PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

पाकिस्तानसँग द्विपक्षीय परामर्श संयन्त्रको वार्ता रद्द गरेको नेपाल भारतीय विदेश सचिवलाई स्वागत गर्दै



पहिलोपोस्ट

पाकिस्तानसँग द्विपक्षीय परामर्श संयन्त्रको वार्ता रद्द गरेको नेपाल भारतीय विदेश सचिवलाई स्वागत गर्दै

काठमाडौँ : भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले आज नेपाल आउँदै छन्। परराष्ट्र सचिव शंकरदास बैरागीको निमन्त्रणामा गोखले दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्।

उनको दुई दिने भ्रमणका क्रममा दुई देशबीच सचिवस्तरीय वार्ता हुने सचिव बैरागीले जानकारी दिए।

यसैबीच भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन र रेलवे लगायतका विषयमा छलफल हुने बताइएको छ।

विदेश सचिव गोखलले प्रधामन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

नेपालमा हुने वार्ता तथा छलफलमा गत महिना जम्मु कस्मिरको पुलवामामा भएको आक्रमणको विषयमासमेत छलफल हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सार्कका दुई सदस्य तथा नेपालका दुई मित्र राष्ट्रहरु भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था भइरहेका बेला हुन लागेको गोखलेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उनको भ्रमण हुने भएपछि नेपालले पाकिस्तानसँग सचिवस्तरीय वार्ता स्थगित गरेको थियो।

नेपाल–पाकिस्तान द्विपक्षीय परामर्श संयन्त्रको बैठक मार्च २५ र २६ मा तय भएको थियो। पाकिस्तानको इस्लामवादमा हुने तय भएको सो बैठकमा अर्को मिति तय नहुँदासम्मका लागि स्थगित भएको थियो।

भारतीय विदेश सचिव गोखले नेपाल आउने तय भएपछि सचिव बैरागी पाकिस्तानको बैठकमा सहभागी हुन गएनन्।

पछिल्लो समय पुलवामा आक्रमणपछि नेपालले दुबै छिमेकी देशलाई समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको थियो।

दुई देशको तनाबका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन हुन सकेको छैन।

नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। सन् २०१६ मा पाकिस्तानमा हुने तय भएको सार्क सम्मेलन दुई देशको तनावपछि स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell