PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

भन्सार छलीको अभियोगमा सात जना पक्राउ, सात लाख बराबरको सामान बरामद् 



एम बम

भन्सार छलीको अभियोगमा सात जना पक्राउ, सात लाख बराबरको सामान बरामद् 

कैलालीः कैलाली प्रहरीले भन्सार छलेर ल्याइएको झन्डै सात लाख मूल्य बराबरको अवैध सामानसहित कैलालीका विभिन्न ठाउँबाट ७ जनालाई प्रकाउ गरेको छ।


पक्राउ पर्नेमा कैलाली लम्की चुहा न.पा १ बस्ने वर्षा रावल, कौसिला रावल, धनगढीको वडा नम्बर २ स्थित नरेन्द्र भण्डारीको घरमा भन्सार चोरी पैठारी गरी डेरा कोठामा लेडिज लुगा कपडा लुकाई राखेको अवस्थामा भारत लखिमपुर घर भएका सन्ध्या गुप्ता, अङ्कुस गुप्ता र लम्की चुहा नगरपालिका वडा नम्बर १ बाट जानकी गाउँपालिका वडा नम्बर ५ बस्ने सैमद खानरहेका छन्।


जिल्ला प्रहरी कार्यालय कैलालीले से १ ह ९२५ नम्बरको अटो रिक्सामा हार्डवेयरका सरसामानसहित तीन वटै स्थानबाट ६ लाख ९९ हजार बरारको सर समान, लुगा कपडा बरामद गरेको जनाएको छ। 


पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell