PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रम ओलीको इसारामा चल्यो अदालत र अख्तियार : कांग्रेस नेता रामचन्द्र पौडेल



रासस

प्रम ओलीको इसारामा चल्यो अदालत र अख्तियार : कांग्रेस नेता रामचन्द्र पौडेल
फाइल फोटो

जनकपुरधाम : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाएका छन्।

नेता पौडेलले वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको आक्षेप पनि  लगाए। उनले अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप लगाएका थिए। 

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारविरुद्ध कडा टिप्पणी गरेका हुन्। 

मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले काङ्ग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन चाहन्छ  उनले भने। 

तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो समेत उनले औँल्याए। 

उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए। 

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell