PahiloPost

May 14, 2024 | १ जेठ २०८१

कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली



विधुर ढकाल

कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।

बैठकमा ओलीले भने, 'विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका सिद्धान्त नजानेकाले गृहमन्त्री बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको सुनियो। अब गृहमन्त्रीले लुटपाट गर बन्दुक पड्काउ भन्ने? लुटपाट गरेर जनसत्ता ल्याउँछु भन्ने सपनाको छेउछाउ पनि पुग्दैन।'

कतिपय लोकतन्त्रवादी भन्नेले पार्टीमाथि प्रतिबन्ध लगाउन हुन्न भनेको गुनासो गर्दै ओलीले थपे, 'काँग्रेसले समर्थन गर्‍या छ। कठै बरा कांग्रेस, सर्पको खेल जस्तो ९९ मा पुग्यो झरेर २ मा स्वाठ्ठै। विखण्डनकारी अन्त्य गर्यो किन गरेको ,लुटपाट मा प्रतिबन्ध गर्यो किन गरेको, लोकतान्त्रका   लागि लडेको रे कठैबरा!'
 

पार्टीमा गुटबन्दी आवश्यक छैन, कमजोर हुँदा जेल पुगिन्छ

बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरिने वचन दिए। भने, 'पार्टीमा कुनै प्रकारको गुटबन्दी छैन। आवश्यकता पनि छैन। कसैलाई काखा कसैलाई पाखा हुँदैन। ठूलो संगठन हुँदा कहिलेकाही पाखा लगायो भन्ने लाग्ला तर त्यस्तो हुँदैन।'
 
गुटबन्दीले आफैलाई हानी हुने ओलीको भनाई थियो। उनले भने, 'हामीले आन्दोलन लाई फेरि उठाएका छौँ। हामी कहिले काहीँ लाखापाखा भयौं। कहिलेकाही छैनौं कि भन्ने लाग्यो  पराजित भएर लात हानेर गोलघर हालिएका  हामी हरेस खाएनौँ। सामाजिक आन्दोलन उठायौँ।'

भवीतव्य एकता नभएको उल्लेख गर्दै ने क पाका अध्यक्षसमेत रहेका ओलीले भने, 'यो भवितव्यले एकता भएको हो र? वर्षामा पानी परे जसरी बहुमत आएको हो र? गुटबन्दीले पार्टी फुटायो। जेलमा बसायो।'

ओलीले गुटबन्दीका कारण कमजोर हुने र बलियो हुँदा सरकारमा पुग्ने उल्लेख गरे। भने, 'कमजोर हुँदा गोलघरमा बस्या थिएँ। हातमा नेल लाएर बस्या थिए। अहिले बलियो हुँदा सरकारमा छौँ।'

एकता प्रक्रिया चाँडै टुंगिन्छ

 


 प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बेचेर खानेहरु नै लोकतन्त्रको कुरा गर्ने आरोप लगाए।  'लोकतन्त्रलाई बेचेर खानेहरु लोकतन्त्रको कुरा गर्छन। उद्योग बेचेर खानेहरु लोकतन्त्रको कुरा गर्छन्।  विदेशी लगानी ल्याउँदा दलाद पूँजीवादी भयो भन्छन्,' ओलीले भने। 

त्यसैगरी प्रम ओलीले एकता प्रक्रिया चाँडै टुंगिनेसमेत बताए। भने, 'जेठ ३ गते एकता भयो। चैत १४ गते शपथ हुने अनुचित भयो। नेतृत्वले महसुस गरेको छ। केही दिनमा सबै एकता प्रक्रिया टुंगिन्छ। अब रुमलिन हुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell