PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सोल्सायर म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त



पहिलोपोस्ट

सोल्सायर म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त

ओले गनर सोल्सायर इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको स्थायी व्यवस्थापक नियुक्त भएका छन्।

हाल क्लबको कार्यवाहक म्यानेजर रहेका उनलाई ओल्ड ट्राफोर्ड क्लबले ३ वर्षका लागि स्थायी व्यवस्थापक नियुक्त गरेको हो।

क्लबका पूर्व फरवार्ड रहेका नर्वजियन सोल्सायर गत डिसेम्वर १९ मा क्लबको कार्यकारी व्यवस्थापक बनेका थिए। उनले बर्खास्तीमा परेका जोस माउरिन्होको स्थान लिएका थिए।

उनले क्लब सम्हालेपछि युनाइटेडले सुरुको ८ खेलमा लगातार जित हात पारेको थियो। यस्तै अहिलेसम्म उनको प्रशिक्षणमा खेलेका १९ मध्ये १४ खेल युनाइटेडले जितेको छ।

एक वर्ष क्लबका लागि खेलेका सोल्सायरले ३६६ खेलमा १२६ गोल गरेका थिए।

'यो यस्तो काम हो, जसका लागि मैले सँधै सपनामा देखेको थिए। म क्लबलाई लामो समयको लागि लिड गर्न पाउ खुशी भन्दा माथि छु।'सोल्सायरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell