PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

छोरी सुहानाको डेब्युमा झरना थापा दंग, 'छोरीलाई आफूले हिँडेको बाटोमा ल्याउँदैछु'



पहिलोपोस्ट

छोरी सुहानाको डेब्युमा झरना थापा दंग, 'छोरीलाई आफूले हिँडेको बाटोमा ल्याउँदैछु'

काठमाडौं: अभिनेत्री झरना थापाले आफूले निर्देशन गरेको फिल्म 'ए मेरो हजुर ३'बाट छोरी सुहाना थापालाई डेब्यू गराएकी छिन्। फिल्मलाई झरनाको श्रीमान् सुनिल कुमार थापाले नै निर्माण गरेका हुन्। फिल्ममा सुहानासँगै अनमोल केसीको मुख्य अभिनय छ।  

'ए मेरो हजुर'मा झरना र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय थियो। दोस्रो सँस्करणमा भने साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाँले अभिनय गरेका थिए। तेस्रो सँस्करणबाट भने फिल्म क्षेत्रमा झरनाकै छोरीले अभिनेत्रीको रुपमा प्रवेश गरेकी छिन्।

निर्देशक झरना आफ्नी छोरीको अभिनयले दर्शकको मन जित्नेमा आशावादी देखिन्छिन्।

उनले भनिन् 'फिल्म हेरेपछि सुहानाको कामलाई मान्नुहुने नै छ। जसरी मैले विगतमा मेरो कलाबाट हजुरहरुको मन जितें। म यो एउटा आमा भएर होइन निर्देशक भएर विश्वाससाथ बोल्दै छु।'

फिल्म क्षेत्रमा सुहानालाई डेब्यू गराउँदा झरना दंग छिन्।

'पहिलो पटक छोरी सुहानालाई आफूले हिँडेको बाटोमा ल्याउँदैछु। जसरी एक आमाले आफ्नो सन्तानलाई स्कूलमा पहिलोपटक छोड्छ, योग्य मानिस बनोस् भनेर', उनले भनिन् 'आजदेखि तपाईहरु माझमै छोड्दैछु, अब तपाईंहरुको साथ चाहिन्छ।'

'ए मेरो हजुर ३' भने चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell