PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

२० केजी तौल घटाउन सागसब्जी खाँदै बलिउड पर्फेक्सनिस्ट आमिर खान



पहिलोपोस्ट

२० केजी तौल घटाउन सागसब्जी खाँदै बलिउड पर्फेक्सनिस्ट आमिर खान

बलिउड पर्फेक्सनिस्ट आमिर खानले नयाँ फिल्म घोषणा गरेसँगै उनका खान्कीका विषयलाई लिएर बलिउडमा चर्चा चल्न थालेको छ।

फिल्म 'लाल सिंह चड्ढा'का लागि उनले २० केजी तौल घटाउने भएका छन्। फिल्ममा युवा देखिनका लागि उनले सागसब्जी खान सुरु गरेका छन्।  उनले अहिलेसम्म ३ केजी तौल घटाइसकेका छन्।

उनले बलिउड हंगामालाई भनेका छन् 'युवाको भूमिका छ। त्यसको लागि २० केजी घटाउन जरुरी छ। डाक्टर निखिल धुरन्धरको सुझाव अनुसार मैले अहिलेसम्म ३ केजी घटाइसकें।'

'लाल सिंह चड्ढा  हलिउड फिल्म 'फरेस्ट गम्प'को एडेप्टेसन हुने आमिरले बताएका छन्। फिल्मका लागि अन्य कलाकार फाइनल भएका छैनन्। फिल्मलाई एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell