PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा सार्वजनिक गर्न आदेश



पहिलोपोस्ट

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा सार्वजनिक गर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीलाई तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलासले यस्तो आदेश दिएको हो। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै के कति कारणले उनलाई पक्राउ गरेको त्यसको लिखित कारण पनि बुझाउन आदेश दिइएको छ। 

एनसेल कार्यालमा विस्फोट गराएको अभियोगमा प्रहरीले ओलीलाई काभ्रेबाट गिरफ्तार गरेको थियो। एक जनाको ज्यान जाने गरी भएको उक्त विस्फोटको जिम्मेवारी लिँदै मिडियामा उनी सार्वजनिक भएका थिए।

ओलीका परिवारले उनको गिरफ्तारीलाई गैर कानुनी भएको बताउँदै बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेको थियो। लगातारका विस्फोटका घटना भएपछि सरकारले विप्लव समूह र समूहका सबै गतिविधिलाई प्रतिवन्ध लगाएको छ। 

सर्वोच्च अदालतमा कानुन विपरीत समातिएको भन्दै विपिन ओलीले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell