PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आठौँ राष्ट्रिय खेलकुदका लागि  यसरी बन्दैछ नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुदका लागि  यसरी बन्दैछ नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट

नेपालगञ्ज :  यही चैत अन्तिममा सुरु गर्ने गरी आठौँ राष्ट्रिय खेलकुदको तयारी भइरहेको छ। त्यसका लागि नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तिव्र रुपमा अघि बढाइएको छ।

प्याराफिटको अन्य प्रावधिक काम संगसँगै पिलर ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जनाए।

१० भित्र भिआइपी प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलीले जानकारी दिए।

प्रावधिक इन्जिनियरहरु समयमै प्याराफिट निर्माण गरीसक्ने उदेश्यका साथ दिनरात खटिएको अध्यक्ष वलीले बताए।

चैत्र २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने लक्ष्य अनुरुप नै कार्य विभाजन भए स्वरुपनै कामलाई तिव्रता दिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

भिआईपी प्याराफिट कस्तो बनिरहेको छ भनेर अनुगमन गर्न सरोकारवाला निकायहरुलाई राखेपले अनुरोध गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell