PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

बार एसोसिएसनका अध्यक्ष प्रत्यासी पोखरेलले सार्वजनिक गरे सम्पत्ति, भने : पारदर्शी हुनुपर्ने अभियान आफैँबाट



पहिलोपोस्ट

बार एसोसिएसनका अध्यक्ष प्रत्यासी पोखरेलले सार्वजनिक गरे सम्पत्ति, भने : पारदर्शी हुनुपर्ने अभियान आफैँबाट

काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनका लागि भएको अन्तिम चुनावी सभामा बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्।

कानुन व्यवसायी पारदर्शी हुनुपर्छ भन्दै उनले सम्पत्ति विवरण सार्वजनिक गरेर आफैँले त्यसको अभियान थालेको जानकारी दिए।

'न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ भन्दै आएका छौं,' उनले सभालाई सम्बोधन गर्दै भने, 'कानुन व्यवसाय पारदर्शी हुनुपर्छ भनेकाले आफैँबाट यसको सुरुवात गरेको हुँ।'

उनले सार्वजनिक गरेको सम्पत्ति अनुसार उनको ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ४ मा ५ आना जग्गा र त्यसमा साढे दुई तल्लाको घर रहेको उल्लेख छ। त्यस्तै भक्तपुरको दधिकोटमा उनको पत्नीको नाममा ४ आना, हेटौडा उपमहानगरपालिका १७ मा एक कठ्ठा तथा सप्तरी राजगढ गाउँपालिकामा ४ कठ्ठा १० धुर (उनका बाबुको नाममा) रहेको खुलाएका छन्। त्यस्तै २५ तोला सुनको गहन र ४० तोला चाँदी रहेको पनि खुलाएका छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक र बैंक अफ काठमाण्डू तीन बैंकमा ११ लाख ५० हजार नगद रहेको खुलाएका छन्। उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ बराबरको सेयर रहेको खुलाएका छन्। उनको एउटा हुन्डाइ कम्पनीको कार पनि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell