PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

जनकपुर बम काण्ड: पूर्वमन्त्री 'टक्ला'सहित सात जनालाई जन्मकैद



बीपी साह

जनकपुर बम काण्ड: पूर्वमन्त्री 'टक्ला'सहित सात जनालाई जन्मकैद
फाइल फोटो

जनकपुरधामः जनकपुर बम काण्डका दोषी पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

जिल्ला अदालत धनुषाले साहसहित, मुकेश चौधरी, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ।

यसैगरी ओमप्रकाश यादवलाई भने दश वर्ष कैदको फैसला सुनाएको छ।

२०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट भएको थियो। जसमा पाँच जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell