PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

आइपीएल : बैंगलोरमाथि मुम्बईको रोमाञ्चक जित



पहिलोपोस्ट

आइपीएल : बैंगलोरमाथि मुम्बईको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग आइपिएल २०१९ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ। बिहीवार भएको खेलमा मुम्बईले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गरेको हो।

पहिलो खेलमा दिल्ली क्यापिटल्सँग पराजित भएको मुम्बईले बैंगलोर विरुद्ध १८७ रन डिफेण्ड गर्दै जित हात पारेको हो।

उता विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगार दोस्रो हार हो। पहिलो खेलमा बैंगलोर चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो।

बलिङमा युजभेन्द्र चाहलले ४ विकेट र ब्याटिङमा ए बी डे भिलियर्सले नटआउट ७० रन बनाएपनि बैंगलोरलाई जितका लागि पर्याप्त भएन्।

मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैँगलोरले घरेलु मैदानमा निर्धारित २० ओभरमा ५ विकेट गुमांएर १८१ रन बनाउन सक्यो। डे भिलियर्सले ४१ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ७० रन बनाए। यस्तै कप्तान विराट कोहलीले ४६ र पार्थिव पटेलले ३१ रन जोडे।

मुम्बईलाई पहिलो जित दिलाउन उत्कृष्ट बलिङ गरेका जसप्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। सूर्य कुमार यादवले ३८ रन जोडे। यस्तै युवराज सिंहले १२ बलमा २३ रन जोडे। उनले एकै ओभरमा ३ छक्का प्रहार गरेका थिए। सातौँ नम्वरमा ब्याटिङ गरेका हार्दिक  पाण्ड्याले १४ बलमा २ चौका र ३ छक्काको मद्दतमा नटआउट ३२ रन जोडेपछि मुम्बईले सम्मानजनक स्कोर बनांएको थियो।

बैंगलोरका लागि चाहालले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए। उमेश यादव र मोहम्मद सिराजले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell