
अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिग्वेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। हाल इंग्लिस क्लब चेल्सीका लागि व्यावसयिक फुटबल खेलिरहेका हिग्वेनले अर्जेन्टिनाका लागि ७५ खेल खेल्दै ३१ गोल गरेका छन्।
३१ वर्षीय स्टार २०१८ को विश्वकप देखि अर्जेन्टिनी टिममा परेका छैनन्।
उनी यही जनवरीमा इटालियन क्लब युभेन्ट्सबाट लोनमा लण्डन क्लब चेल्सी गएका हुन्।
मैले यो निर्णय गरेँ किनकी म मेरो परिवारको साथमा रमाउन चाहन्छु। परिवारसँग समय बिताउन चाहन्छ। र सँगसँगै मैले मेरो देशको लागि गर्न सक्ने जति दिएँ जस्तो लाग्छ। हिग्वेनले भने।
हिग्वेनले अब चेल्सीका लागि फोकसल हुने र प्रिमियर लिगमा रमाइरहेको बताए।
अर्जेन्टिनाको लागि राष्ट्रिय टिमबाट खेल्दा हिग्वेनले तीन पटक फाइनलमा खेलेपनि उपाधि जित्न सकेनन्। उनी सम्मिलित अर्जेन्टिना २०१५ र २०१६ को कोपा अमेरिका तथा २०१४ को विश्वकपको फाइनलमा पुगेको थियो।
हिग्वेनले सन् २००८ मा ग्वाटेमाला विरुद्धको खेलबाट अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए। तर फिफाले उक्त खेललाई अफिसियल खेलको मान्यता दिएको थियो। हिग्वेनले २ गोल गरेको उक्त खेल अर्जेन्टिनाले ५-० ले जितेको थियो।
अन्तर्राष्ट्रिय फुटबलमा उनको आधिकारिक डेब्यू भने २००९ मा पेरु विरुद्ध भएको थियो। सन् २०१० को विश्वकप छनोटका लागि प्रशिक्षक डिएगो म्याराडोनाले हिग्वेनलाई पेरु र उरुग्वे विरुद्धको खेलका लागि टिममा राखेका थिए।
२००९ अक्टोबर ९ मा पेरु विरुद्धको खेलमा हिग्वेनले डेब्यू गरे भने सोही खेलमा गोल समेत गरे। उक्त खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो।
हिग्वेन अर्जेन्टिना बाहिर जन्मेर पनि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि खेल्ने तेस्रो खेलाडी हुन्।
फ्रान्समा जन्मेका हिग्वेनलाई सुरुमा फ्रान्स र अर्जेन्टिना दुवै देशले खेलाउन अस्वीका गरेका थिए। तर उनले पछि अर्जेन्टिना नै रोजेका हुन्।
हिग्वनका बुवा जोर्ग हिग्वेन पनि फुटबलर थिए। जोर्ग फ्रान्समै पुटबल खेल्ने क्रममा गोन्जालो पनि फ्रान्समै जन्मेका हुन्।