
अर्जेन्टाइन सुपर स्टार लिओनल मेसीले गेटाफे विरुद्ध एक दशकअघि गरेको गोल स्पानिस क्लब बार्सिलोनाको इतिहासकै सर्वोत्कृष्ट गोल घोषित भएको छ।
मेसीले सन् २००७ मा गेटाफेविरुद्ध गरेको गोलले बाँकी गोललाई पछि पारेको हो। बार्सिलोनाका समर्थकहरुले गरेको मतको आधारमा सर्वोत्कृष्ट गोलको घोषणा भएको हो। समर्थकको मत अनुसार शीर्ष तीन गोलको सूचीमा मेसीकै मात्र गोल थियो। यस्तै चौथो स्थानमा सर्जी रोवर्टोले पिएसजी विरुद्ध गरेको गोल रहन सफल भयो।
मेसीले सन् २००७ मा कोपा डेल रे मा गेटाफे विरुद्ध मैदानको मध्यभागबाट बल एक्लै अगाडि बढाएर गोल गरेका थिए। उनले चार खेलाडीसहित गोलकिपरलमई समेत छलाएर गोल गरे।
उक्त गोलले समर्थकको मतमध्ये ४५ प्रतिशत मत पायो। यस गोललाई अर्जेन्टिनाकै डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध गरेको गोलसँग दाँजिएको थियो।
यस्तै सन् २०१४/१५ को ला लिगामा मेसीले एट्लेटिको मड्रिडविरुद्ध गरेको गोल २८ प्रतिशत मतसहित दोस्रो स्थानमा रहँदा मेसीले सन् २०१०/११ को सिजन रियल मड्रिडविरुद्ध गरेको गोल १६ प्रतिशत मत पाउदै तेस्रो भयो।
क्याटलाना क्लब बार्साका लागि डेढ दशक खेलिसकेका मेसीले अहिलेसम्म ५९१ गोल गरिसकेका छन्।
यस्तो थियो मेसीले गेटाफे विरुद्ध गरेको गोल: