PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

फ्राइडे रिलिज : साइँली र शुभ लभसँगै जंगली



पहिलोपोस्ट

फ्राइडे रिलिज : साइँली र शुभ लभसँगै जंगली

यो साता दुई नेपाली सहित तीन फिल्म रिलिज भए। नेपाली फिल्महरु साइँली र शुभ लभसँगै बलिउड फिल्म जंगली नेपाली थिएटरमा हेर्न पाइनेछ। 

कबड्डी फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको साइँलीमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राई र किनिपा सिंहको मुख्य भूमिका रहेको छ। मौलिक नेपाली फिल्म निर्देशनबाटै आफूलाई स्थापित गरेका गुरुङको यो फिल्म चर्चित गीत 'सुन साइँली... ४० कटेसी रमाउँला'बाट प्रेरित छ। फिल्मले विदेशमा काम गर्न जाने महिला र त्यसले उनको पारिवारिक जीवनमा पारेको प्रभावलाई समेटेको छ। 

आजै रिलिज भएको अर्को फिल्म हो शुभ लभ। सन्तोषबाबु लोहनीले निर्देशन गरेको फिल्ममा हरिहर अधिकारी, प्रदीप वास्तोला, रविन्द्र झा लगायतको लिड रोल रहेको छ। प्रेम कथामा आधारित फिल्म २ घन्टा १० मिनेट लामो छ। 

नेपाली सिनेमाको पर्दा बलिउडको जंगली पनि आज रिलिज भयो। एक्सन र एड्भेन्चर जेनरको यो फिल्ममा वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करसँगको संघर्षलाई प्रस्तुत गरिएको छ। चुक रसेलले निर्देशन गरेको फिल्ममा भिद्युत जमम्वाल, अतुल कुलकर्णी, अक्षय ओवराय र आशा भाटको प्रमुख भुमिका छ। फिल्म २ घन्टा लामो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell