PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय



पहिलोपोस्ट

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौँ:  आठौं बृहत राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। यसअघि २०७५ सालमै गर्ने भनिएको राष्ट्रसंघ खेलकुद अब २०७६ साल पहिलो महिनाको पहिलो साता हुने भएको हो।

राष्ट्रिय खेलकुद परिषद् राखेपको शुक्रवार बसेको बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद अब २०७६ साल वैशाख ५ देखि ११ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।

यसअघि चैतको अन्तिम सातामा जसरी पनि सुरु गर्ने तयारी गरेपनि नयाँ मितिअनुसार नयाँ वर्षमा हुने भएको हो। राखेपको सदस्य सचिवले चैत २५ गते उद्घाटन गर्ने बताउँदै आएका थिए।

गत मंसिरमै गर्ने गरी दुई वर्षअघि नै मिति तोकिएको थियो। तर भौतिक पूर्वाधार समयमा नबनेपछि मंसिरमा सुरु हुन सकेन। त्यसपछि पनि पटक-पटक राष्ट्रिय खेलकुदको मिति तोकिएपनि भौतिक पूर्वाधार समयमा नै तयार नभएकोले प्रतियोगिता पनि तोकिएको समयमा हुन सकेन।

आठौँका लागि अहिले नेपालगन्जका भिआइपी प्याराफिट राख्ने क्रम भइरहेको छ भने अन्य तयारी पनि तीब्र रुपमा अगाडि बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell