PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई ध्यानमा राखेर आठौँको मिति तोकियो, सदस्यसचिव विष्ट भन्छन् : अब सर्दैन



पहिलोपोस्ट

मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई ध्यानमा राखेर आठौँको मिति तोकियो, सदस्यसचिव विष्ट भन्छन् : अब सर्दैन

काठमाडौं: आठौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो। मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई समेत ध्यानमा राखेर सो प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाडौंमा बसेको परिषद बैठकले नेपालगंजमा आयोजना हुने सो खेलकुद प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरु पनि बनाएको छ।

परिषद बैठकले सो प्रतियोगिता सम्पन्न भएको एक हप्तापछिबाटै दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक व्यवस्थापनको कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ।

परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सो खेलकुद प्रतियोगिताको तयारीको कामलाई पारदर्शी ढंगले अघि बढाउन मातहतका निकायलाई निर्देशन पनि दिए। उनले सरकारले सो प्रतियोगिताका लागि उपलब्ध गराएको बजेट हिनामिना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषदले यस अघि गत मंसिर २१ गते सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नसकेको थिएन। सदस्य सचिव विष्टले अब सो प्रतियोगिता नसर्ने गरी मिति तय गरिएको पनि बताए। परिषदले सो प्रतियोगिताको व्यवस्थापनको कामलाई चुस्त बनाउन पुनः बैठक बस्ने तयारी पनि गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell