A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8597cf310536.06318658): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a8597cf310536.06318658,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पलेँटीमा आभास, सुनाउँदै छन् आफ्नो सांगीतिक यात्राको कथा
PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पलेँटीमा आभास, सुनाउँदै छन् आफ्नो सांगीतिक यात्राको कथा



पहिलोपोस्ट

पलेँटीमा आभास, सुनाउँदै छन् आफ्नो सांगीतिक यात्राको कथा

प्रत्यक्ष सांगीतिक श्रृङ्खला ‘पलेँटी’मा संगीतकर्मी आभास गुञ्जिए। शुक्रबार नेपालयको आरशालामा भएको कार्यक्रममा उनले प्रस्तुति दिएका हुन्। जसमा उनले गीत मात्र गाएनन्, बरु आफ्नो सांगीतिक यात्राको कथा सुनाए।

‘कार्यशील जिन्दगी’ बोलको गीतबाट कार्यक्रम सुरु भयो। त्यसपछि नेवारी भाषाका महाकवि मानिने गिरिजाप्रसाद जोशीसँगको सामिप्यताका कारण आफूभित्र साहित्य र संगीतको विरुवा पलाएको प्रसङ्गबाट कथा वाचन सुरु गरे।

पञ्चायती राजनीतिका हस्ती जोगमेहर श्रेष्ठको विपरित धारमा उभ्याउने गिरिजाकै देनले पछि आफू वामपन्थी राजनीतिसँग नजिकिएको उनको कथन थियो। ’त्यसैले मलाई राल्फा र संकल्पका संघर्षशील संगीतसँग नजिक्यायो,’ सुनाए , ‘भूमिगत नेताहरुको आउजाउ हुने नरदेवीको एउटा डेरामा अचानक भेटिएका मञ्जुल र रामेशसँगै मेरो संगीतका साथमा सामाजिक–राजनीतिक यात्रा पनि अघि बढ्न पुग्यो।’  

उनले मञ्जुल र रामेशको अगाध मित्रतादेखि उनीहरुको सम्बन्धमा आएको उचाड चढावसम्मका सन्दर्भ पनि जोडे। 

कार्यक्रममा उनले संगीतको जोड घटाउबीच नेपाली पत्रकारितामा संलग्न हुनुले नेताहरुका बैराग लाग्दा गतिविधिसँग नजिक बनाएको र त्यसले विसाद पैदा गराएको अनुभव सुनाए।

‘त्यो अवस्थामा म विपश्यना ध्यान गर्न गएँ। आफूभित्र निकै परिवर्तन महशुस गरेर फर्किएँ। त्यहाँबाट फर्केपछि ध्यानसँगै आएका फरक अनुभूतीहरु मिसाएर गीत लेखें:

गोधुँलीमा हिँड्ने एउटा जिउँदो मान्छे

संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ’

उनले अम्बर गुरुङलाई संगीत सिकाउने गुरुसँगै ढाडस दिने अभिभावक जनाएसँगै अन्य थुप्रै सांगीतिक सर्जकसँगको प्रसङ्गहरुको चर्चा गरेको नेपालयले उल्लेख गरेको छ।

‘बतासले तलाउमा टेकिदेला कि’, ‘आँसुले यो मन बहकिन्छ’, ‘रातको सपना बाँकी हुन्न’, ‘हिजोआज सँधै सँधै’, ‘हजुर हजुर ए हजुर’, ‘गौंथली झै’, ‘ल्याम्पपोष्ट मुनी’, ‘भुइँ कुहिरो’ लगायत १७ गीत गाएका थिए। कविता समेत कोर्ने आभासले ४ वटा आफैले रचना गरेको गीत सुनाए भने प्रस्तुत १३ गीतमा उनको संगीत थियो। उनी पलेँटीका संयोजक समेत हुन्। गायक फत्तेमान साँझ आयोजना गर्ने क्रममा उनी नेपालयसँग जोडिन पुगेको जनाइएको  छ।

कार्यक्रममा आभासलाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए।

आभाससँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ। कार्यक्रममा सहभागी हुन चाहनेल थुप्रै डटकममार्फत टिकट खरिद गर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell