PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आठौँ राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने

काठमाडौँ : नेपालगन्जमा हुने आठौँ बृहत राष्ट्रिय खेलकुदमा कूल ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को ११औँ बोर्ड बैठकले शुक्रवार आठौँ राष्ट्रिय खेलकुद २०७६ साल बैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। त्यसको एक दिनपछि राखेपले औपचारिक रुपमा प्रतियोगिता हुने स्थल, खेल संख्या, खेलाडी संख्या र पदक संख्याको जानकारी दिएको हो।

जसअनुसार आठौँ खेलकुदमा पुरुषतर्फ २ हजार ८२५ र महिलातर्फ २ हजार ३८६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यी खेलाडीहरुले कूल ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने राखेपका सदस्यसचिव केशव कुमार विष्टले जानकारी दिए। ३७२ स्वर्ण, ३७२ नै रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पधा हुने र टिम गेममा एक भन्दा धेरै खेलाडीलाई पदक दिनपुर्ने भएकोले ७९३ स्वर्ण, उति नै रजत र ११०२ वटा कास्य गरी कूल २ हजार ६८८ वटा पदकको व्यस्था गर्नुपर्ने विष्टले बताए।

यस्तै आठौँ खेलकुदमा ६४० प्रशिक्षक र ४६१ जना व्यवस्थापक सहभागि हुनेछन्। राखेपका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानिय निर्णायक ४७१ गरी १ हजार ३९३ जनाको सहभागिता हुनेछ।

खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी उपसमितिमा रहने पदाधिकारीहरु समेत गरेर कूल १० हजार जनाको सहभागिता रहने राखेपले जनाएको छ।

 

३५ खेलमा प्रतिस्पर्धा हुने

यस पटक राष्ट्रिय खेलकुमा ३५ खेलमा प्रतिस्पर्धा हुनेछ। बैशाख ५ गते औपचारिक उद्घाटन हुने भएपनि खेलहरु भने २०७५ साल चैत २७ गतेदेखि नै सुरु हुनेछन्।

३५ मध्ये अधिकांश खेलहरु बाँके जिल्लामा हुनेछ। उद्घाटन र समापन नेपालगन्ज रंगशालमा हुनेछ। यसैगरी रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियामा पनि विभिन्न खेलहरु हुनेछ। यस्तै गल्फ काठमाडौँ र प्याराग्लाइडिङ काठमाडौँमा हुनेछ।

 

आठौँ राष्ट्रिय खेलकुदको लागि भएको तयारी र विशेषताहरु

१.     राष्ट्रिय खेलकुद परिषदको ११० औं वोर्ड वैठकबाट आठौं राष्ट्रिय खेलकुद – २०७५ मा समावेश गरिने ३५ वटा खेलहरु निर्धारण गरिएको ।

१. फुटवल             २. एथलेटिक्स          ३. बक्सिङ्ग           ४. भारोत्तँेलन

५. टेवल टेनिस         ६. क्रिकेट             ७. लन टेनिस          ८. पौडी

९. सुटिङ्ग            १०. भलिवल           ११. स्क्वास            १२. तेक्वान्दो

१३. जुडो       १४. आर्चरी            १५. कवड्डी            १६. खो खो

१७. ऊसु       १८. बास्केटवल         १९. व्याडमिन्टन २०. साईक्लिङ्ग

२१. कराते             २२. कुस्ती             २३. फेन्सीङ्ग          २४. ट्रायथलन

२५. प्याराग्लाईडिङ्ग     २६. गल्फ             २७. ह्याण्डवल   म÷पु   २८. बुद्धिचाल

२९. सफ्टटेनिस  ३०. आई.टि.एफ.टेक्वान्दो ३१. सेपाकताक्रो   ३२. जिम्न्याष्टिक

३३. शारिरीक सुगठन     ३४. फुलकन्ट्याक्ट कराते ३५. हक्कि

 

२.     जिल्ला स्तरिय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरि ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त रु. ३ करोड ५ लाख ४० हजार खर्च भएको ।

३.     प्रदेश प्रतियोगिता तथा छनौट, वन्द प्रशिक्षण, यातायात समेतका लागि ७ वटा प्रदेशलाई १९ करोड ९० लाख निकासा गरि ३ नं. र सुदुरपश्चिम प्रदेशको तेक्वान्दो छनौट बाहेक ३५ वटै खेलका खेलाडीहरु छनौट भई सकेको । ३ नं. प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट मिति २०७५÷१२÷२३ देखि २५ सम्म र सुदुरपश्चम प्रदेशको तेक्वात्दो खेलको प्रदेश छनौट मिति २०७५÷१२÷२० देखि २२ गतेसम्म छनौट सम्पन्न गरिने ।

४.     राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका – २०७५ आर्थिक कार्यविधि तथा खर्चका नम्सहरु सहित नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार युवा तथा खेलकुद मन्त्रालयबाट मिति २०७५÷०९÷२६ गते स्वीकृती भई कार्यान्वयनमा आईसकेको ।

५.     विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल) लाई खेलाडी छनौट तथा खेल सामाग्रीका निमित्त रु.७,००,०००।– (सात लाख) का दरले रु.२१,००,०००।– (एक्काइस लाख) निकासा गरि सकिएको र सम्वन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत रहेका ।

६.     गैर आवासिय नेपाली संघ (एन.आर.एन.) को तर्फबाट ९ देशका २४ जना खेलाडीहरुले सहभागीता जनाउने जानकारी प्राप्त भएको छ ।

७.     १२५ जना भोलेन्टियर प्रशिक्षकहरुलाई ७७ जिल्ला खेलकुद विकास समिति र ७ वटा प्रदेशमा प्रशिक्षण गराउने गरि नियुक्ति दिई कामकाजमा लगाईएको ।

८..     आठौं राष्ट्रिय खेलकुद – २०७५ का निमित्त युवा तथा खेलकुद मन्त्रालयले माननीय मन्त्री स्तरिय निर्णयगरि गठन गरेको आठौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने बजेट एकिन गर्ने कमिटिको सिफारिसको आधारमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु. ४३,८५,५१,६५०।– देखिएको हु“दा चालु आ.व. मा विनियोजित रु. १७,८४,५९,०००।– र अर्थ मन्त्तालयले थप निकासा गरेको रु. १५०,०००,०००।– समेत गरि रु. ३२,८४,५९,०००।– राष्ट्रिय खेलकुद परिषदका नाममा निकासा गरि सकेको र बा“की नपुग रकम रु. ११०,०९२,६५०।– ( एघार करोड बयाननब्बे हजार छ सय पचास) निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्राचार गर्न राष्ट्रिय खेलकुद परिषदको मिति २०७५÷१२÷१५ गते वसेको १११ औं वोर्ड वैठकले निर्णय गरि सकेको छ ।

९.     प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्रि, संघ प्रतिनिधिको संख्या तथा कोटा निर्धारण भईसकेको ।

१०.    राष्ट्रिय प्रतियोगिताको निमित्त खेल सामाग्रीको व्यवस्था भईसकेको ।

११.    राष्ट्रिय खेलकुद परिषदको मिति २०७५÷१२÷१५ गते वसेको १११ औं वोर्ड वैठकको निर्णयानुसार आठौं राष्ट्रिय खेलकदको समुद्घाटन नेपालगन्ज रंगशालामा मिति २०७६÷०१÷०५ गते सा“झ भव्य रुपमा गरिने छ भने समापन मिति २०७६÷०१÷११ गते सा“झ नेपालगन्ज रंगशालामानै भव्य रुपमा सम्पन्न गरिने छ ।

१२.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा ५२११ जना खेलाडीहरुको सहभागीता रहने छ जस्मा २८२५ पुरुष खेलाडी रहने छन् भने २३८६ महिला खेलाडीहरुको सहभागीता रहने छ । साथै टिम प्रशिक्ष्ँक ६४० जना र टिम व्यवस्थापक ४६१ जनाको सहभागीता रहने छ ।

१३.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा राष्ट्रिय÷अन्र्तराष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरि जम्मा १३९३ जनाको सहभागीता रहने छ ।

१४.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा खेलाडी, अफिसियल, रेफ्रि, जज्, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरि १०००० जनाको सहभागीता रहने छ ।

१५.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा विभागीय टिम बाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि ४६,७१७,२००।– खर्च लाग्ने छ भने रेफ्रिहरुको यातायात र निर्णायक भत्ता तर्फ रु. ५,६३३,५००।– लाग्ने छ ।

१६.    विभिन्न उपसमितिहरु मार्फत आठौं राष्ट्रिय खेलकुद – २०७५ का लागि रु. २७२०००००।– (दुई करोड बहत्तर लाख) खर्च लाग्ने छ ।

१७.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने ७९३ वटा स्वर्ण, ७९३ वटा रजत र ११०२ वटा कास्य समेत गरि जम्मा २६८८ वटा मेडलको व्यवस्था गर्नुपर्ने छ ।

१८.    व्यक्तिगत स्पर्धा तर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौं राष्ट्रिय खेलकुदमा रु. १०,०००।– व्यवस्था गरिएकोमा आठौं राष्ट्रिय खेलकुदमा रु.१५,०००।– र सामुहिक स्पर्धा तर्फ सातौं राष्ट्रिय खेलकुदमा रु. ५०००।– व्यवस्था गरिएकोमा आठौं राष्ट्रिय खेलकुदमा रु. ७०००।– उपलब्ध गराउने व्यवस्था गरिएको छ ।    

१९.    स्वर्ण पदक विजेता खेलाडीहरुको लागि व्यक्तिगत स्पर्धातर्फ ५२८००००।– र सामुहिक स्पर्धा तर्फ रु.७९५३,०००।– समेत गरि जम्मा रु. १३,२३३,०००।– (एक करोड बत्तिस लाख तेत्तीस हजार) लाग्ने छ ।

२०.    आठौं राष्ट्रिय खेलकुद – २०७५ मा राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडी पुरस्कारका लागि जनही रु. २५०००।– हजारका दरले व्यवस्था गरिएको छ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell