PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आइपीएल : यस सिजन सन्दीपले खेले पहिलो खेल, लिए कोलकताका निखिलको विकेट



पहिलोपोस्ट

आइपीएल : यस सिजन सन्दीपले खेले पहिलो खेल, लिए कोलकताका निखिलको विकेट

दिल्ली क्यापिटल्सको दुई खेलपछि नेपालका सन्दीप लामिछानले इन्डियन प्रिमियर लिगको १२औँ संस्करणमा खेल्ने अवसर पाएका छन्।

उनले कोलकता विरुद्ध आफ्नो पहिलो ओभरमा १ रन मात्र दिए। आफ्नो दोस्रो ओभरमा सन्दीपले विकेट लिए।

सन्दीपले चौथो ओभरको चौथो बलमा कोलकताका निखिल नाइकलाई एलबीडब्लु आउट गरेका हुन्। यस सिजन सुरुको दुई खेलमा अवसरनपाएका सन्दीपले तेस्रो खेलमा पहिलो रोजाईमा खेल्ने अवसर पाएका हुन्।

उनले राहुल तेवा६ियाको स्थानमा खेल्ने मौका पाएका हुन्। उता सन्दीपले आउट गरेका निखिलले पनि यस सिजन पहिलो खेल खेलेका हुन्। उनी सुनिल नारिनको स्थानमा खेलेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell