PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आइपीएल : पहिलो खेलमा सन्दीपको मिश्रित प्रदर्शन, ४ ओभरमा २९ रन खर्चेर १ विकेट



पहिलोपोस्ट

आइपीएल : पहिलो खेलमा सन्दीपको मिश्रित प्रदर्शन, ४ ओभरमा २९ रन खर्चेर १ विकेट

काठमाडौँ : गत सिजन इन्डियन प्रिमियर लिग आइपीएल खेलेपछि एक वर्षको अवधीमा विश्वभर टी २० लिग खेलेर चर्चा कमाएका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजन पहिलो आफ्नो पहिलो खेलमा मिश्रित प्रदर्शन गरेका छन्।

दिल्ली क्यापिटल्सको सुरुवाती खेलमा बेन्चमा बसेर हेरेका सन्दीपले तेस्रो खेलमा पहिलो रोजाईँमा खेल्ने अवसर पाए।

आइपीएल २०१९ अन्तर्गत शनिवार कोलकता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीपले शानदार सुरुवात गरेका थिए। तर अन्तिम दुई बलमा कोलकताका आन्द्रे रसेलले २ छक्का प्रहार गरेपछि सन्दीप केही महँगा बने।

सन्दीपले आफ्नो ४ ओभरमा स्पेशलमा २९ रन खर्चेर १ विकेट लिए।

खेलको दोस्रो ओभरमै बलिङ गरेका सन्दीपले पावर प्लेमा २ ओभर बलिङ गर्दै ७ रन मात्र खर्चेका थिए भने १ विकेट समेत लिएका थिए। आफ्नो पहिलो ओभरमा सन्दीपले १ रन मात्र दिए। खेलको चौथो ओभर बलिङ गरेका सन्दीपले ६ रन खर्चे भने १ विकेट लिए। उक्त ओभरको चौथो बलमा सन्दीपले कोलकताका निखिल नाइकलाई एलबिडब्लु आउट गरे।

त्यसपछि सन्दीपले १०औँ र १२औँ ओभर बलिङ गरे। १०औँ ओभरको पहिलो बलमा सन्दीपले रवाडा र हर्सल पटेलले सहयोगमा सुभमन गिललाई रनआउट गरे। उक्त ओभरमा सन्दीपले ५ रन मात्र खर्चे। आफ्नो अन्तिम ओभर बलिङ गर्नुअघि सम्म सन्दीपको प्रदर्शन ३-०-१२-१ थियो। तर १२औँ ओभरमा भने सन्दीपले १७ रन खर्चे। उक्त ओभरमा सन्दीपको सुरुको दुई बलमा कोलकताका कप्तान दिनेश कार्तिकले रन जोड्न सकेनन्। तेस्रो बलमा कार्तिकले चौका प्रहार गरे। चौथो बलमा कार्तिकले १ रन लिए। त्यसपछि अन्तिम दुई बलका लागि आन्द्रे रसेल स्ट्राइकमा पुगे।

यसअघि कोलकताले दुई खेल जित्दा म्यान अफ दि म्याच प्रदर्शन गरेका रसेलले उक्त दुई बलमा सन्दीपलाई दुई छक्का प्रहार गरे।

समग्रमा सन्दीपले २४ बल बलिङ गर्दा १२ बल डट फाले, २ चौका र २ छकक् खर्चे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell