PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

आइपीएल : लोकेश राहुलको अर्धशतकमा पञ्जावको दोस्रो जित, मुम्बईको दोस्रो हार



पहिलोपोस्ट

आइपीएल : लोकेश राहुलको अर्धशतकमा पञ्जावको दोस्रो जित, मुम्बईको दोस्रो हार

लोकेश राहुले नटआउट रहँदै अर्धशतक प्रहार गरेपछि किंग्स एलेभेन पत्र्जावले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा दोस्रो जित हात पारेको छ।

ओपनर लोकेश राहुलले नटआउट ७१ रन बनाएपछि पञ्जावले मुम्बई इन्डिन्सलाई ८ विकेटले पराजित गरेको हो।

दोस्रो जितपछि ३ खेलबाट पञ्जावले ४ अंक जोडेको छ। उता मुम्बईको भने यो दोस्रो हार हो। पहिलो खेलमा दिल्लीसँग हारेको मुम्बईले दोस्रो खेलमा बैँगलोरलाई पराजित गरेको थियो।

मुम्बईले दिएको १७८ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा २ विकेट गुमाएरपुरा गरेको हो।

राहुलले ५७ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे। ओपनर क्रिस गेलले ४० र मायांक अग्रवालले ४३ रनको योगदान गरे। मुम्आ२का लागि दै विकेट क्रुनल पाण्ड्याले लिए।

त्यसअघि पञ्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले क्वेन्टक डे ककको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। डे ककले ३९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए।

पञ्जावका मोहम्मद शामी, भिलएजोन र एम आश्विनले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell