PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रिमियर लिग : दुवै म्यानचेष्टर क्लब विजयी, सिटी शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : दुवै म्यानचेष्टर क्लब विजयी, सिटी शीर्ष स्थानमा उक्लियो

प्रिमियर लिगमा शनिवार दुवै म्यानचेष्टर क्लबले जित हात पारेका छन्। म्यानचेष्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा फुलहमलाई २-० ले पराजित गर्दै सिटीले शीर्ष स्थानमा पुनरागमन गरेको हो।

जितपछि सिटीले ३१ खेलबाट ७७ अंक जोड्दै लिभरपुललाई एक अंकले पछि पारेको हो। समान खेलबाट लिभरपुलको ७६ अंक छ। लिभरपुलले आइतवार टोटनहमसँग खेल्दैछ।

अवे मैदानमा सिटीलाई जित दिलाउन बर्नार्डो शिल्भा र सर्जियो अगुएरोले पहिलो हाफमै गोल गरे।

यस्तै युनाइटेडले वाटफोर्डलाई २-१ ले पराजित गरेको छ। जितपछि युनाइटेड चेल्सी र आर्सनललाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ। युनाइटेडको लागि मार्कुस रासफोर्डले २८औँ र एन्टोनी मार्सिएलले ७२औँ मिनेटमा गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell