PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा १३ अंकको अग्रता



पहिलोपोस्ट

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा १३ अंकको अग्रता

कप्तान लिओनल मेसीले दुई गोल गरेपछि ला लिगामा लिग लिडर बार्सिलोनाले स्पानयोललाई २-० ले पराजित गरेको छ।

क्याटलाना डर्बीमा जितपछि बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थानको एट्लेटिकोमाथि १३ अंकको अग्रता बनाएको छ।

घरेलु मैदान क्याम्प नोउमा मसीले दुवै गोल दोस्रो हाफमा गरेका हुन्। स्पानयोलले ७० मिनेटसम्म बार्सिलोनालाई गोल गर्न नदिएपनि मेसीले ७१औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए।

खेल सकिन एक मिनेट बाँकी छँदा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell