PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आइपीएल : सुपर ओभरमा दिल्लीले कोलकतालाई हरायो, खेर गएन पृथ्वी श को ९९ रन



पहिलोपोस्ट

आइपीएल : सुपर ओभरमा दिल्लीले कोलकतालाई हरायो, खेर गएन पृथ्वी श को ९९ रन

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा सुपर ओभर पुगेको पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ।

निर्धारित २० ओभरमा दुवै टोलीले समान रन बनाएपछि स्कोर टाई भएकाले खेलको नतिजा सुपर ओभरबाट भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले १ विकेट गुमाएर १० रन बनाएको थियो। कोलकताले १ विकेट गुमाएर ७ रन मात्र बनाउन सक्यो। नेपाली खेलाडी सन्दीप लामिछाने समेत खेलेको यस खेलमा दिल्लीका कगिसो रवाडाले सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै जित दिलाए।

यस सिजन पहिलो हार बेहोरेको कोलकता ३ खेलपछि ४ अंकका साथ शीर्ष स्थानमा यथावत नै छ। समान अंक भएपनि कोलकताले दिल्ली र चेन्नाईलाई रनरेटमा पछि पारेको हो। दिल्लीले पनि ३ खेल जित्दा दुईमा जित हात पारेको छ। यस सिजन अपराजित एक्लो टिम चेन्नाई ४ अंकका साथ तेस्रो स्थानमा छ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोत्लामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याउँदै जित नजिक पुगेको दिल्लीले अन्तिम ओभरमा ६ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको हो। कोलकताका कुलदिप यादवले अन्तिम ओभरमा ५ रन मात्र दिँदै दिल्लीको १ विकेट लिएपछि खेल बराबरी भएको थियो। उक्त ओभरमा १ रनआउट समेत भएको थियो।

आन्द्रे रसेलको विष्फोटक ब्याटिङलाई छायाँमै पार्दै युवा खेलाडी पुथ्वी श ले उत्कृष्ट ब्याटिङ गर्दै दिल्लीलाई जित नजिक पुर्‍याएका थिए। तर १९औँ ओभरमा श ९९ रन बनाएर आउट भएपछि खेलमा नाटकिय परिवर्तन आएको थियो।

पुथ्वी श शतक बनाउनबाट एक रनले मात्र चुके। उनी १९औँ ओभरको चौधो बलमा आउट भए।

कोलकताले दिएको १८६ रनको लक्ष्य दिल्लीले  ओभरमा  विकेट गुमाएर पुरा गर्‍यो। दिल्लीका लागि पृथ्वी श ले ५५ बल खेल्दै १२ चौका र ३ छक्का मद्दतमा ९९ रन बनाए।

पथ्वी र कप्तान श्रेयास अयेरले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए।

अयेरले ३२ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४३ रन बनाए। यस्तै शिखर धवनले १६ र रिशभ पन्तले ११ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।

६१-५ को अवस्थामा रहेको कोलकताको इनिङ्स उकास्न यी दुईले छैटौँ विकेटका लागि ९५ रनको साझेदारी गरे।

रसेलले २८ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए। यस सिजन विष्फोटक ब्याटिङ गरिरहेका रसेलको यो पहिलो अर्धशतक हो। यस्तै कप्तान कार्तिकले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। क्रिस लिनले २० रन बनाए।

दिल्लीका लागि हर्शल पटेलले २ विकेट लिए। दिल्लीका बलरमध्ये सबैभन्दा किफायती सावित भएका नेपाली खेलाडी सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell