काठमाडौंः नेपाल विद्यार्थी संघले राजधानीका तीनवटा कलेजमा तोडफोड गरेको छ। पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले तोडफोड गरेको हो।
उनीहरुले बानेश्वरको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेका हुन्।
कलेज तोडफोड गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।