PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसनमा २२ हजार प्रतिस्पर्धी सहभागी



पहिलोपोस्ट

'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसनमा २२ हजार प्रतिस्पर्धी सहभागी

काठमाडौं: 'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसन सम्पन्न भएको छ। अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुले सहभागीता जनाएको  उक्त सो का नेपाल निर्देशक लक्ष्मण पौडेलले बताए।

उनले भने 'यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं। सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागीता देखिएको छ।'

 प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टिमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने उनले बताए।

छानिएकाहरुले कोच सामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन्।

आगामी असारबाट सो प्रसारण गरिने बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell